निर्वाचन आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते ११:३८
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे आज प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दैछ। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल हुने तय भएको छ।
निर्वाचनको तयारी र पछिल्लो उपलब्धीबारे आयोगले प्रधानमन्त्री सुशीला कार्कीससहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको हो। सरकारले निर्वाचनको मिति घोषणा गरे पनि कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै दलहरूले संशय व्यक्त गरिरहेका बेला आयोगले यो पहल थालेको हो।
Facebook Comments