मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा निकोलस भुसाल लगायत पक्राउ
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १५:२५
काठमाडौं। मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाललगायत पक्राउ परेको प्रहरीले जनाएको छ ।
‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै मिराज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले आज देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा समेत गरेका छन् ।
Facebook Comments