सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १८:१७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सभापति देउवा निवास महाराजगञ्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि थिए ।
Facebook Comments