कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

User Image मेयरसाप डेस्क | २०८२ पुष ८ गते १४:५४
Image of https://mayorsap.com/storage/photos/shares/congress-1.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ९ गते बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।   

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडैलले जानकारी दिए। 


Facebook Comments