माघ अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

User Image मेयरसाप डेस्क | २०८२ पुष ८ गते १४:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo-959383fc.png

काठमाडौं। सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।

कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।

गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेको थियो। तर यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठे घरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।


Facebook Comments