माइतीघरबाट जेनजीहरुको चेतावनी–माग पूरा नभएसम्म यहीँ खान्छौं, यहीँ सुत्छौं, २४ घण्टा यहीँ बस्छौं

‘यो जेनजीको सरकार होइन, विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादी मिलेर बनेको सरकार हो

No Author Assigned | २०८२ पुष ९ गते १५:२०
Image of https://mayorsap.com/storage/photos/shares/photo-16-06a0957a.jpg

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।

सोही क्रममा आन्दोलनमा सहभागी डा.निकोलस भुषालले जेनजीहरुले राखेको पाँच वटा माग पूरा नभएसम्म २४ घण्टा आन्दोलनमा बस्ने बताए।

उनले भने, ‘सम्पूर्ण जेनजी बन्दीहरुलाई आम माफी दिनुपर्छ, हत्यारालाई कार्बाही गर्नुपर्छ, ०४६ साल यताका सम्पूर्ण नेता कर्मचारीहरुको छानबिन गर्नुपर्छ, संविधान संशोधन गरेर प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नहुदाँसम्म हाम्रो आन्दोलन जारी छ । यहीँ खान्छौ, यहीँ सुत्छौ, २४ घण्टा यहीँ नै बस्छौ ।’

यस्तै, अहिलेको सरकार जेनजीको होइन, विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादी मिलेर बनेको सरकार भएको पनि उनको दाबी छ ।

उनले भने, ‘यो जेनजीको सरकार होइन, विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादी मिलेर बनेको सरकार हो । सुशीला कार्की काङ्ग्रेस कोटाबाट, ओमप्रकाश अर्याल एमाले कोटाबाट अन्य एक दुइजना अन्य पार्टीको कोटाबाट आएर सरकार बनेको छ । असली जेनजीहरु सबै आन्दोलनमा छन् । हाम्रो माग पूरा भएको छैन् ।’


Facebook Comments