पेट्रोल छर्केर आगो लगाइ बुहारीको ह*त्या, सासु र नन्द पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष ८ गते १५:३१
Image of https://mayorsap.com/storage/photos/shares/hatya_4.jpg

सिन्धुली । पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरेको जानकारी दिएको हो ।  

अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।  मृतकका श्रीमान् विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन् । घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्घटनामा घाइते भएका छन् । उनलाई उपचारार्थ काठमाडौं पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ । 

घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। 


Facebook Comments