जाँचबुझ आयोगले बयानका लागि उपस्थित हुन रमेश लेखकलाई पठायो पत्र
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ पुष ८ गते १५:५१
काठमाडौं। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि पत्र पठाएको छ । आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको हो ।
सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्र काट्ने तयारी गरेको छ ।
Facebook Comments