भ्रष्टाचारको आरोपमा २२ नगरपालिका अधिकारी पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते ११:३४
Image of https://mayorsap.com/storage/photos/shares/corruption_1.png

एजेन्सी । टर्कीए प्रहरीले घूसखोरी र भ्रष्टाचारको आरोपमा मंगलबार २२ जना नगरपालिका अधिकारीलाई पक्राउ गरेको छ । इस्तानबुलको शिले जिल्लामा कार्यरत ती अधिकारीहरूलाई घरमै छापा मारी नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूमाथि आपराधिक संगठन बनाएको, ठगी गरेको, घूस लिएको र सरकारी टेन्डर (बोलपत्र) मिलाएको आरोप छ । यसअघि गत जुलाईमा पनि सोही नगरपालिकाका प्रमुख ओजगुर काबाडाईसहित ६ जना पक्राउ परेका थिए ।

यो कारबाही टर्कीएभरका स्थानीय प्रशासनमा भइरहेको भ्रष्टाचारविरुद्धको ठुलो अनुसन्धानको हिस्सा भएको बताइएको छ । विपक्षी दल रिपब्लिकन पीपुल्स पार्टीले भने यी पक्राउहरू राजनीतिक रूपमा प्रेरित भएको भन्दै आलोचना गरेको छ । 

यद्यपि, सरकारी अधिकारीहरूले भने यी सबै अनुसन्धान कानुनअनुसार नै भइरहेको दाबी गरेका छन् ।


Facebook Comments