संसद् पुनर्स्थापनाको पूरक रिटमाथि सर्वोच्चमा सुनुवाइ
निवर्तमान सांसद पुगे सर्वोच्च
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते ११:१७
काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको पूरक निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासमा यसको सुनुवाइ हुन लागेको हो । इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेका छन् ।
नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसद र अन्य तीन जनाको हस्ताक्षरसहितको पूरक निवेदन मंगलबार दर्ता गरिएको थियो । कांग्रेसका कूल ८७ मध्ये ६५ सांसदले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत हस्ताक्षर बुझाएका हुन् ।
यसअघि नै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहितका सांसदले दर्ता गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरिसकेको छ ।
प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिने सांसदहरूको संख्या १४३ पुगेको छ । यसमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलासहित अन्य सांसदहरू, स्वतन्त्र सांसद योगेन्द्र मण्डल तथा जसपा र जनमत पार्टीका एक–एक जना निवर्तमान सांसदले पनि हस्ताक्षर गरेका छन् ।
Facebook Comments