कनकाईमा उप–प्रमुखले चढ्ने गाडी प्रहरीलाई हस्तान्तरण
उप–प्रमुखको गाडी प्रहरीको गस्तीमा
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १२:३३
झापा । झापाको कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई गस्ती र शान्ति सुरक्षाका लागि एक थान गाडी उपलब्ध गराएको छ । उप–प्रमुख आशा शिवाकोटीले प्रयोग गर्दै आएको मे १ झ १२२ नम्बरको बोलेरो गाडी नगरपालिकाले प्रहरीलाई हस्तान्तरण गरेकी हुन् ।
नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानालाई गाडीको चाबी हस्तान्तरण गरे । गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि सुरुङ्गा प्रहरीले मोटरसाइकलबाट गस्ती गर्नुपर्ने बाध्यता थियो ।
नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै उपप्रमुखले प्रयोग गर्ने गाडी प्रहरीलाई दिइएको नगर प्रमुख पोखरेलले बताए । उपप्रमुख शिवाकोटीले अब तत्कालका लागि नगरपालिकाकै अन्य गाडी प्रयोग गर्नेछिन् ।
Facebook Comments