गुल्मीमा ट्याक्टर दुर्घटना
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १२:४३
गुल्मी । इस्मा गाउँपालिकास्थित जुकेपानीमा बुधबार बिहान ट्याक्टर दुर्घटनामा परेको छ ।
जुकेपानी–नयाँपोखरा जोड्ने मोटर बाटो मर्मत सामग्री बोकेको लु४त ८३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट ट्याक्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
Facebook Comments