निकोलस भुसाल आमरण अनसनमा
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १३:०१
काठमाडौं । अभियन्ता निकोलस भुसालले मंगलवार रातिदेखि आमरण अनसनमा बसेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै राजधानीको माइतीघरमा उनी आमरण अनसनमा बसेका हुन् ।
जेन–जीको एक समूहले वर्तमान सरकारले जेन–जीको मागअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन सुरु गरेका छन् ।
मिराज ढुंगाना नेतृत्वको संयुक्त जेन–जी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनमा पनि भुसाल सहभागी भएका थिए ।
Facebook Comments