नख्खु कारागारबाट भागेर ठमेलमा ह*त्या गर्ने फरार कैदी रोल्पामा पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते १४:५९
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_5.jpg

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गर्ने आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ ।

लुटपाट र डकैती मुद्दामा जेल परेका मगर गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागार तोडफोड गरी भागेका थिए ।

प्रहरीका अनुसार मगरले असोज १३ गते ठमेलमा मकवानपुरका २५ वर्षीय तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । 

पुरानो रिसइबीका कारण तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनास्थलको सीसीटीभी फुटेज र प्राविधिक अनुसन्धानका आधारमा उनको संलग्नता पुष्टि भएपछि प्रहरीले उनलाई रोल्पा पुगेर नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेका मगरलाई अहिले काठमाडौं ल्याइएको छ ।


Facebook Comments