शीतलहरका कारण बोदेबरसाईनका विद्यालय बन्द

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते १४:१६
Image of https://mayorsap.com/storage/photos/shares/thanamaii-manathara_1.jpg

राजविराज । सप्तरीमा बढ्दो शीतलहर र अत्यधिक चिसोका कारण बोदेबरसाईन नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

केही दिनदेखि तराई क्षेत्रमा बढेको चिसोले जनजीवन प्रभावित हुनुका साथै बालबालिकालाई विद्यालय आउन–जान समस्या भएपछि बुधबारदेखि पुस १३ गतेसम्मका लागि बिदा दिइएको हो ।

नगर प्रमुख आतेशकुमार सिंहले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।


Facebook Comments