एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ ३ वर्षदेखि प्रयोगविहीन

संरचना जीर्ण बन्दै

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते १६:३४
Image of https://mayorsap.com/storage/photos/shares/holding-center.jpg

धनगढी । कोरोना महामारीका बेला सङ्क्रमित राख्न कैलालीको धनगढीमा निर्माण गरिएको एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । 

संघीय सरकारको २८ करोड ८१ लाख रुपैयाँ लागतमा निर्मित यो संरचना स्वामित्व हस्तान्तरण र सञ्चालन मोडेल नटुङ्गिँदा जीर्ण बन्दै गएको हो ।

नेपाली सेनाले २०७९ साउनमा निर्माण सम्पन्न गरेको यस केन्द्रमा ५९ ब्लक, २० क्वारेन्टिन कक्ष र १५ भान्साकोठासहितका सुविधा छन् । हाल यसको रेखदेख सेनाले नै गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार रक्षा मन्त्रालयबाट स्वामित्व र सञ्चालनबारे कुनै स्पष्ट निर्णय नआउँदा यति ठुलो लगानी बालुवामा पानी जस्तै भएको छ ।


Facebook Comments