अछाममा विपद् व्यवस्थापन समितिको बैठकमै कुटाकुटको स्थिति
जिसस प्रमुख र मेयरबीच विवाद
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १६:०३
अछाम । अछाममा विपद् न्यूनीकरण सम्बन्धी छलफलका लागि बोलाइएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा जनप्रतिनिधिबीच हात हालाहालको स्थिति सिर्जना भएको छ ।
सम्भावित विपद्का विषयमा छलफल भइरहेका बेला जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर र मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराबीच झन्डै हात हालाहाल भएको हो ।
मंगलसेनमा रहेको ‘सेफ हाउस’को विषयमा कुरा नमिल्दा दुवै पक्ष एक–अर्कामाथि झम्टिएका थिए । विवाद उग्र बनेपछि सहभागी सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई छुटाएका थिए ।
एक–अर्कालाई अपशब्द प्रयोग गर्दै अमर्यादित रूपमा प्रस्तुत भएका उनीहरूलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले बीचमै हस्तक्षेप गरेर छुट्टाउनुपरेको थियो ।
विपद्जस्तो गम्भीर र संवेदनशील विषयमा आयोजित सरकारी बैठकमा जिम्मेवार जनप्रतिनिधिबाट भएको यस्तो अशोभनीय व्यवहारप्रति अन्य सहभागीहरूले आश्चर्य र दुःख व्यक्त गरेका छन् ।
Facebook Comments