चिसोले गर्दा बुटवलका विद्यालय चार दिन बन्द
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १७:००
बुटवल । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्यधिक बढेपछि बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ ।
उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते विद्यालयमा बिदा दिने निर्णय गरेको हो । पुस १२ गते शनिबार सार्वजनिक बिदा परेकाले विद्यार्थीहरूले लगातार चार दिन बिदा पाउने भएका छन् ।
नगर प्रमुख खेलराज पाण्डेका अनुसार विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सामुदायिक र संस्थागत दुवै विद्यालयमा बिदा दिइएको हो । यो बिदालाई विद्यालयको वार्षिक बिदाबाट कट्टा गरिने उपमहानगरले जनाएको छ ।
Facebook Comments