निर्वाचनका लागि उज्यालो नेपाल र सर्वोदय पार्टीबीच एकता

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते १७:१७
Image of https://mayorsap.com/storage/photos/shares/yakata_1.jpg

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता भएको छ । 

दुवै पार्टीले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै दलले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको बिम’ प्रयोग गर्ने सहमति गरेका छन् । 

उज्यालो नेपालका अध्यक्ष ई.अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई.दीपक कुमार साहबीच लामो समयदेखि भएको छलफलपछि यो एकता सम्भव भएको हो ।

एकता घोषणापत्रमा दुवै दलले लोकतन्त्र, संघीयता, समावेशीताका साथै देश र मधेसको समग्र विकास र दिगो समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । 

जातीय, क्षेत्रीय तथा लैंगिक समानता कायम गर्दै मुलुकको समृद्धिका लागि संयुक्त रूपमा अघि बढ्ने उनीहरूको प्रतिबद्धता छ ।


Facebook Comments