बैतडीमा हल गोरु पाल्ने किसानलाई ५ हजार प्रोत्साहन भत्ता

२०० किसान लाभान्वित हुने

User Image मेयरसाप डेस्क | २०८२ पुष १० गते १०:४०
Image of https://mayorsap.com/storage/photos/shares/gal-goru.jpg

बैतडी । परम्परागत खेती प्रणालीलाई जोगाउन बैतडीका चारवटा गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रत्यक्ष नगद राहत उपलब्ध गराउने भएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार, जिल्लाका शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनी गाउँपालिकाका किसानलाई यस योजनामा समेटिएको छ ।

छनोट भएका प्रत्येक किसानले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । चारवटै पालिकाबाट ५०–५० जना गरी कुल २०० किसानलाई यो राहत वितरण गरिनेछ ।

दुर्गम क्षेत्रका, न्यून आम्दानी भएका र पूर्ण रूपमा हल गोरुमा आधारित भएर जीविकोपार्जन गर्ने किसानलाई प्राथमिकता दिइने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले आधुनिक मेसिनरीको पहुँच नभएका क्षेत्रका किसानलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।


Facebook Comments