मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १०:५१
विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी प्रभावशाली क्रिकेट खेलाडी २७ वर्षीय मिनष थापाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब पौने १ बजे विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।
विराटनगर विमानस्थल मोडबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
थापा कोशी प्रदेशका उत्कृष्ट खेलाडीमध्ये एक थिए । उनले ’विराटनगर किङ्स’बाट पोखरा प्रिमियर लिगका साथै अन्य विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत आफ्नो कौशल प्रदर्शन गरिसकेका थिए ।
Facebook Comments