बालेन र कुलमानबीच चुनावी सहकार्यबारे गोप्य वार्ता

रवि र सुनिलसँग पनि छलफल हुँदै

User Image मेयरसाप डेस्क | २०८२ पुष १० गते १२:३६
Image of https://mayorsap.com/storage/photos/shares/balen-kulman_1.png

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । 

बिहीबार बिहान मेयर शाहले उज्यालो नेपालका संरक्षक एवं अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग चुनावी सहकार्यबारे विशेष छलफल गरेका छन् ।

स्रोतका अनुसार बालेन र कुलमानबीच आगामी निर्वाचनमा साझा मोर्चा बनाएर जाने विषयमा सकारात्मक कुराकानी भएको छ ।

यो भेटघाट लगत्तै बालेनले ललितपुरको ज्वागलस्थित आफ्ना सहयोगी कुमार बेनको निवासमा अर्को महत्वपूर्ण बैठक तय गरेका छन् ।

ज्वागलमा हुने छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस नेता सुनिल शर्मा र ’जेन–जी’ अभियन्ता सुदन गुरुङ सहभागी भएका बताइएको छ ।


Facebook Comments