बालेन र रविबीच कुपण्डोलमा ‘निर्णायक’ वार्ता
चुनावी सहकार्य कि प्रतिस्पर्धा?
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १२:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरमा उच्चस्तरीय राजनीतिक भेटवार्ता जारी छ ।
बालेनका सहयोगी कुमार व्यञ्जनकारको कुपण्डोलस्थित निवासमा बिहीबार आज दुई नेताबीच केही बेरदेखि घनीभूत छलफल चलिरहेको छ ।
आगामी निर्वाचनमा नयाँ शक्तिहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनअघि मात्रै बालेन र रविबीच ६ घण्टा लामो संवाद भएको थियो ।
मेयर बालेनले ऊर्जा मन्त्री कुलमान घिसिङसँग भेट गरी चुनावी सहकार्यको ढोका ढकढक्याएका थिए । कुलमानसँगको संवाद लगत्तै बालेन रवि लामिछानेलाई भेट्न कुपण्डोल पुगेका हुन् ।
दुई शक्तिबीच चुनावी मोर्चा बन्ने वा छुट्टाछुट्टै मैदानमा उत्रिने भन्ने विषयमा यो भेटले ठोस मार्गचित्र तय गर्ने नेता निकट स्रोतले बताएको छ ।
Facebook Comments