जेन–जी आन्दोलनमा सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाए : ओली

User Image मेयरसाप डेस्क | २०८२ पुष १० गते १४:४६
Image of https://mayorsap.com/storage/photos/shares/rss-image2025-12-25at12834pm.jpg

काठमाडौं । नेपाल  कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले निर्वाचनका निम्ति शान्तिपूर्ण वातारण बन्नुपर्ने  बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुने बताए ।

जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उनले शान्तिपूर्ण निर्वाचनको वातावारण बनाउने दायित्व सरकारको रहेको बताए । 

राष्ट्रपति रामचन्द्र पौडेलले हालै आह्वान गरेको बैठकमा आफू सहभागी भएको र त्यहाँ पनि आफूले आफूहरु चुनावका विरुद्धमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने कुरा स्पष्ट गरेको बताए ।

आफूले प्रतिनिधिसभाको पुनःस्थापना  हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताए । 

भदौ २३  गते परिचालन भएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाको लागि निर्णय गरेकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु युक्तिसङ्गत नहुने बताए । 


Facebook Comments