बालेनसँगको वार्ता सकारात्मक भएको रवि लामिछानेको संकेत
सकियो बालेन-रवि भेटवार्ता
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १५:४६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको ‘वान टू वान’ छलफल सकिएको छ ।
आगामी निर्वाचनमा सहकार्य गर्ने चर्चाका बीच बिहीवार भएको यो भेटवार्तालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । एकै दिन चार शीर्ष भेट बुधबारदेखि राजनीतिक दौडधुप बढाएका मेयर शाहले एकै दिन महत्त्वपूर्ण शक्तिहरूसँग सवांद गरेका छन् ।
आज बिहान ऊर्जामन्त्री कुलमान घिसिङ र कांग्रेस नेता सुनिल शर्मासँग छुट्टाछुट्टै भेट गरेका उनले दिउँसो रास्वपा सभापति लामिछानेसँग कुपण्डोलमा विशेष छलफल गरेका हुन् ।
आगामी निर्वाचनमा ’देश विकास पार्टी’ मार्फत अघि बढ्ने तयारीमा रहेका बालेनले पुराना र नयाँ शक्तिहरूसँग गरिरहेको यो निरन्तर भेटघाटले नयाँ चुनावी मोर्चा बन्ने सम्भावनालाई बलियो बनाएको छ ।
बालेनसँगको संवादपछि बाहिरिएका सभापति लामिछानेले छलफलको विषयवस्तुबारे स्पष्ट खुलाउन चाहेनन् । पत्रकारहरूले छलफलको निष्कर्षबारे सोधेको प्रश्नमा उनले मुस्कुराउँदै प्रतिप्रश्न गरे,– ‘मेरो अनुहारले के भन्छ?’ उनको यो रहस्यमय जबाफले बालेन र रविबीच सकारात्मक समझदारी बनेको हुन सक्ने अनुमान गरिएको छ ।
Facebook Comments