मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १५:१७
सर्लाही । यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ ।
सुदामा ब्यारेजमा मप्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका–१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
रामनगर–५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट बुधबार साँझ यादव गाउँपालिकाकै मोटरसाइकल चढेर घरतर्फ फर्किँदा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments