नयाँ शक्ति र युवा नेतृत्व एकताबद्ध भएर अघि बढौँ : मन्त्री घिसिङ

User Image मेयरसाप डेस्क | २०८२ पुष १० गते १७:५९
Image of https://mayorsap.com/storage/photos/shares/kulman-ghising-2-59e31f3a.jpg

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई नयाँ शक्ति र नेतृत्वको उदयको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । बिहीबार ‘उज्यालो नेपाल पार्टी’को कार्यालय उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

घिसिङले ’जेन–जी’ आन्दोलनको जगमा बनेको वर्तमान सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरे । ‘निर्वाचन केवल प्रक्रिया मात्र नभई नयाँ सोच र युवा नेतृत्व स्थापित हुने ऐतिहासिक मोड बन्नुपर्छ,’ उनले भने ।

देशमा सुशासन, रोजगारी र समृद्धिका लागि युवाहरूको ठुलो बलिदानबाट आन्दोलन सफल भएको स्मरण गर्दै उनले यदि देश फेरि पुरानै अवस्थामा फर्किए त्यो ठुलो दुर्भाग्य हुने चेतावनी दिए ।

मन्त्री घिसिङले देश विदेशमा रहेका सबै नेपालीहरूलाई एकताबद्ध भई नयाँ र परिवर्तनकारी शक्तिलाई साथ दिन समेत आह्वान गरेका छन् ।


Facebook Comments