बालेनसँगको भेटपछि बाबुरामले भने– वैकल्पिक शक्ति मिल्नुपर्छ
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १८:०८
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूबीचको एकता आफ्नो दशक पुरानो सपना भएको बताएका छन् । बिहीबार काठमाडौंका मेयर बालेन शाहसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिए ।
मेयर बालेनले आफू औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेश गरेको जानकारी दिँदै सहयोग र परामर्शका लागि डा. भट्टराईलाई आमन्त्रण गरेका थिए । भेटका क्रममा बालेनले आगामी राजनीतिक यात्रामा भट्टराईको भूमिका र सहयोगबारे चासो राखेका थिए ।
‘बालेनजीले परामर्शका लागि बोलाउनुभएको थियो, नयाँ शक्तिहरू विचार र एजेन्डामा स्पष्ट भएर एकै ठाउँमा उभिनुपर्छ भन्ने मेरो स्पष्ट मत छ,’ उनले भने । बालेनले अन्य नयाँ राजनीतिक शक्तिहरूसँग पनि तीव्र छलफल गरिरहेका छन् ।
Facebook Comments