महाधिवेशन नै वर्तमानको उत्तम विकल्प हो : महामन्त्री शर्मा

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते ११:४५
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-846e5a25.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ गति र विश्वास दिन ’केन्द्रीय महाधिवेशन’ नै एकमात्र उत्तम बाटो भएको बताएका छन् ।

बिहीवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले वडादेखि केन्द्रसम्मै निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

‘प्रश्न महाधिवेशनबाट को आउँछ भन्ने मात्र होइन, कांग्रेसले देशलाई के सन्देश दिन्छ र जनविश्वास कसरी बलियो बनाउँछ भन्ने मुख्य हो,’ शर्माले भने, ‘महाधिवेशनमार्फत आउने नयाँ दृष्टिकोणले नै कांग्रेसलाई पुनर्जीवन दिने विश्वास छ ।’

महामन्त्री शर्माले अघि सारेको कार्यतालिका अनुसार, सुरुमा वडास्तरको अधिवेशन सम्पन्न गरिनेछ । त्यसपछि सबै १६५ क्षेत्रीय अधिवेशनहरू मार्फत महाधिवेशन प्रतिनिधिहरूको चयन हुनेछ ।

अन्त्यमा चयन भएका प्रतिनिधिहरूबाट केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व र नीति तय गरिनेछ ।


Facebook Comments