प्रधानमन्त्री कार्कीले बोलाइन् तीन दलको संयुक्त बैठक
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १३:५६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र राजनीतिक सहमतिका लागि प्रमुख तीन दलको संयुक्त बैठक आह्वान गरेकी छिन्
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूलाई शनिबार बस्ने गरी बैठकमा आमन्त्रण गरेकी हुन् ।
निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले यो बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको औपचारिक निम्तो दिन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल आज दिनभर दौडधुपमा छन् ।
मन्त्री खरेलले शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको कार्यसूचीबारे जानकारी गराउँदै निमन्त्रणा दिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि शीतल निवासमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग चुनावी तयारी र संवैधानिक प्रक्रियाका बारेमा परामर्श गरेका थिए ।
Facebook Comments