बंगलादेशमा फेरि एक हिन्दु युवकको ह*त्या
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १६:१९
एजेन्सी । बंगलादेशको राजबारी जिल्लामा डिसेम्बर २४ को राति फिरौती मागेको आरोपमा भीडले कुटपिट गर्दा २९ वर्षीय अमृत मण्डलको मृत्यु भएको छ ।
अल्पसंख्यक हिन्दु समुदायका मण्डलको हत्यालाई लिएर बंगलादेशको अन्तरिम सरकारले यो साम्प्रदायिक नभई विशुद्ध आपराधिक घटना भएको स्पष्ट पारेको छ ।
प्रहरीका अनुसार मण्डल विरुद्ध हत्या र फिरौतीका मुद्दाहरू पहिले नै दर्ता थिए । घटनास्थलबाट उनका सहयोगी मोहम्मद सलिमलाई एक थान पेस्तोल र पाइप गनसहित पक्राउ गरिएको छ ।
सरकारले विज्ञप्ति जारी गर्दै यस घटनालाई धार्मिक दृष्टिकोणले नहेर्न र साम्प्रदायिक रंग नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
Facebook Comments