१२ सहसचिवको सरुवा : ११ जिल्लामा नयाँ सीडीओ
कारागार विभागकमा घिमिरे
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १६:४९
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रालयका १२ सहसचिव र एक उपसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार ११ जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र एक जनालाई विभागको नेतृत्व सुम्पिएको हो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिवहरूमध्ये राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत र रेखा कँडेललाई खोटाङको सीडीओको जिम्मेवारी दिइएको छ ।
पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखा र तनहुँका सीडीओ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक पठाइएको छ । यस्तै, भोजपुरका सीडीओ शिवलाल तिवारीलाई तनहुँको जिम्मेवारी दिइएको छ ।
इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल र सल्यानमा महेन्द्रकुमार सापकोटालाई प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ ।

Facebook Comments