आठौँ बागलुङ महोत्सव सुरु

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते १७:१५
Image of https://mayorsap.com/storage/photos/shares/dhakal.JPG

बागलुङ । आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा आज झाँकी तथा बाजागाजासहित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गरे । 

‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । 

पर्यटन प्रवद्र्धन, जिल्लाको विकासमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १० लाखले अवलोकन गर्ने र रु १० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।


Facebook Comments