प्रभु बैंकका सिइओ अशोक शेरचन रिहा

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते १७:४३
Image of https://mayorsap.com/storage/photos/shares/ashok-sherchan.jpg

काठमाडौँ । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन २६ दिनको हिरासत बसाइपछि शुक्रबार रिहा भएका छन् ।

विशेष सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेसँगै शेरचन हिरासतमुक्त भएका हुन् ।

बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोले शेरचनलाई गत मंसिर १४ गते बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनलाई सरकारी वकिलको कार्यालयले थप प्रक्रियाका लागि हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएको हो ।


Facebook Comments