पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १८:५६
पर्सा- वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७७ करोड मूल्य बराबरको १७ खाद्यवस्तु आयात गरिएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा १७ थरिका १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यवस्तु आयात गरिएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ प्रतिशत बढी मूल्यका खाद्यान्न आयात भएको जानकारी दिए ।
चालु आवको पाँच महिनामा रु तीन अर्ब ८५ करोड मूल्यको धान र रु दुई अर्ब ९६ करोड मूल्यको मकै आयात भएको छ । त्यसैगरी रु एक अर्ब ३१ करोडको चामल र रु २५ करोडको माल्ट आयात भएको जनाइएको छ ।
Facebook Comments