रौतहटमा मदिरा उत्पादन गर्ने उद्योगमा विष्फोट, एक जनाको मृत्यु
दुर्घटनामा अन्य ६ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ पुष १२ गते १०:२९
रौतहट। रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय रहेका छन् ।
विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
बिहान अचानक ठूलो आवाज सहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । विष्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments