७५० केजी गाँजासहित दुई जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष १२ गते ११:४९
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_5.jpg

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । 

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए। गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ । 


Facebook Comments