स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला, ५५ जिल्लाका उत्पादन समावेश
काठमाडौं महानगरपालिका वडा २६ को सहकार्य
No Author Assigned | २०८२ पुष १३ गते १२:२२काठमाडौं । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ ।
काठमाडौं महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङमा मेला आयोजना भएको हो ।
मेलाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए।
रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालाई प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए। मेलामा ५५ जिल्लाका उत्पादन राखिएका छन् । उपभोक्ताले ती उत्पादन खरिद गर्न सक्ने छन् ।
Facebook Comments