जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृ*त्यु
No Author Assigned | २०८२ पुष १३ गते १६:०८झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाको भारतमा मृत्यु भएको छ ।
गत भदौ २४ गते काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए । पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ । जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।
Facebook Comments