ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १३:०१
Image of https://mayorsap.com/storage/photos/shares/photo_19.jpg

काठमाडौं । ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष एवं चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष चिङलाई शुक्रबार राति पक्राउ गरेको हो ।

क्यासिनोमा गैरकानुनी गतिविधि भएको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ । यसअघि सोही क्यासिनोबाट प्रहरीले चार जना भारतीय नागरिक र दुई जना नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष चिङलाई पक्राउ गरेसँगै प्रहरीले क्यासिनोभित्र हुने शंकास्पद कारोबार र संलग्नताका विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।


Facebook Comments