कार्यगत एकताका लागि हामी तयार छौँ : मन्त्री घिसिङ

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १३:१९
Image of https://mayorsap.com/storage/photos/shares/kulman-ghising_2.jpeg

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक एवं भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङले देशका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।

आइतबार बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले जनताको चाहना अनुसार नयाँ नेतृत्व दिनका लागि शक्तिहरूबीच एकता वा कार्यगत एकता अनिवार्य रहेको बताए ।

‘सही नेतृत्व र वैकल्पिक शक्तिहरू एक भएर जानुपर्छ’, घिसिङले भभने, ‘सकेसम्म एकता, नभए कार्यगत एकता गरेर अगाडि बढ्ने हाम्रो नीति हो ।’

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएपछि नै घिसिङको यस्तो अभिव्यक्ति आएको हो ।

उनले आफ्नो पार्टी आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबैसँग सहकार्य गर्न तयार रहेको र त्यसको नतिजा केही दिनमै देखिने दाबी गरे ।


Facebook Comments