त्रिपुरा माविका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १६:०२
Image of https://mayorsap.com/storage/photos/shares/photo_21.jpg

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यमिक विद्यालय काटियाँचौरका विद्यार्थीहरूले न्यानो कपडा र शैक्षिक सामग्री प्राप्त गरेका छन् ।

आइएमई समूह अन्तर्गतको ‘आइएमई फाउन्डेसन’ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका १ सय ५० जना विद्यार्थीलाई उक्त सहयोग प्रदान गरेको हो ।

आइतबार आयोजित एक कार्यक्रमका बीच त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख रोकायले डोल्पा जस्ता भौगोलिक रूपमा विकट र दूरदराजका क्षेत्रमा रहेका बालबालिकालाई भविष्यमा पनि यस्तै सहयोग जारी राख्न आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक तुलबहादुर बिष्टले जाडोको समयमा बालबालिकाको आवश्यकता बुझेर आइएमईले गरेको यो सहयोगले विद्यार्थीको पठनपाठनमा ऊर्जा थपेको भन्दै खुसी व्यक्त गरे ।

फाउन्डेसनले देशका दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा टेवा पुर्याउने उद्देश्यले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।


Facebook Comments