कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै, समानुपातिक उम्मेदवार छनोट गरिने
मेयरसाप डेस्क
|
२०८२ पुष १४ गते ०९:३०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा महाधिवेशन र निर्वाचनबारे छलफल भएको थियो । बैठक आज पनि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।
बैठकले समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।
Facebook Comments