हिमाली गाउँपालिकाका विद्यार्थीलाई झोला र अभिभावकलाई ढाकाटोपी वितरण

User Image गोविन्द तिमिल्सेना | २०८२ पुष १४ गते ०९:५२
Image of https://mayorsap.com/storage/photos/shares/bag-distribute1.png

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा विद्यार्थीलाई झोला र अभिभावकलाई ढाका टोपी वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित मंगलमय आधारभूत विद्यालयका विद्यार्थिहरुलाई झोला र अभिभावकहरुलाई ढाका टोपी वितरण गरिएको हो। 

नेपालका साथिहरु ( Friends of Nepal ) नामक संस्था र हिमाली गाउँपालिकाको सहकार्यमा नागरिक सेवा सरोकार मञ्च बाजुराको समन्वयमा उक्त सामाग्री वितरण गरिएको हो। गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले विद्यार्थी र अभिभावक झोला सहित ढाका टोपी वितरण गरेकी हुन्।

शैक्षिक सामाग्री झोला वितरणले स–साना बालबालिकाको अध्ययन अध्यापनमा सहज हुने उपाध्यक्ष सार्कीले बताइन् । हातमा किताब बोकेर विद्यालय जान बाध्य विद्यार्थीहरूलाई झोलाले निकै ठुलो राहत मिल्ने बताएकी छन् ।  

विद्यालयमै पुगेर विद्यार्थीहरूलाई सामाग्री र अभिभावकलाई टोपी वितरण गर्न पाउँदा निकै खुसी लागेको उपाध्यक्ष सार्कीले बताइन्। गाउँपालिकाले विभिन्न सहयोगी संस्था, निकायसँग समन्वय र सहकार्य गरी पालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आएको छ। हिमाली गाउँपालिकाले हरेक बर्ष पालिकाका विभिन्न विद्यालयहरूमा विभिन्न सहयोगी संस्थाहरूको समन्वय सामाग्री वितरण गर्ने गरेको छ।   


Facebook Comments