डीडीसी र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी

स्थानीयको आन्दोलनमा वडाध्यक्षको समेत ऐक्यबद्धता

User Image मेयरसाप डेस्क | २०८२ पुष १४ गते १७:२५
Image of https://mayorsap.com/storage/photos/shares/ddc.jpeg

कैलाली । अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । डीडीसीको कार्यालय अत्तरियाबाट धनगढी सार्न थालिएपछि स्थानीयले अवरोध गर्दै डीडीसी र वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।

विगत एक वर्षदेखि डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका थिए । अहिले एकाएक डीडीडीमा जडान भएका उपकरण सार्न थालिएपछि स्थानीयले डीडीसीका उपकरण सार्नका लागि ल्याइएका क्रेन र ट्रकलाई समेत फिर्ता पठाएका छन् ।

स्थानीयले डीडीसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र डीडीसीलाई अत्तरिया रोक्न वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेको भन्दै वडा नम्बर १ को कार्यालयमा पनि तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष गोपाल दत्त भट्टले भने डीडीसी सार्न नहुने आफूहरूको पनि चाहना रहेको बताउँदै आन्दोलनमा ऐक्यबद्धता रहेको बताए । उनले डीडीसीको दोहोरो चरित्रका कारण डीडीसी विस्तारका लागि जग्गा उपलब्ध गराउन नसकिएको बताए । उनले आफूहरूले आवश्यक जग्गा उपलब्ध गराउनको लागि कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नदिएर अहिले सार्ने खोजिएको बताए ।

 


Facebook Comments