ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृ*त्यु, श्रीमान् घाइते
मेयरसाप डेस्क
|
२०८२ पुष १५ गते १४:०४
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
लोकन्थली चोकको सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिए।
प्रहरीले ट्याङ्करका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
Facebook Comments