पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता, के भयो कुराकानी ?

User Image मेयरसाप डेस्क | २०८२ पुष १५ गते १५:१३
Image of https://mayorsap.com/storage/photos/shares/purwa-rastapati.jpg

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ मा हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।


Facebook Comments