चिसो बढेपछि घोराही उपमहानगरपालिकाका विद्यालयमा तीन दिन बिदा
आवश्यक सतर्कता अपनाउन उपमहानगरको आग्रह
No Author Assigned | २०८२ पुष १७ गते १२:१४
दाङ । दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बुधबारदेखि पुस १८ सम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए।
उनले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको बताए।
जिल्लामा सोमबारदेखि अत्यधिक चिसो बढेको छ । उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
Facebook Comments