सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको श*व फेला
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १२:०१
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ स्थित पिउरीखोला जङ्गलमा एक युवक गोली लागेको अवस्थामा मृत फेला परेका छन् । २२ वर्षीय आशमान तामाङको शव गएराति शङ्कास्पद अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीका अनुसार, मृतक तामाङको पेटमा चोट लागेको छ र घटनास्थलमै एक थान बन्दुक समेत फेला परेको छ । घटनाको प्रकृति हेर्दा बन्दुक आफैँ पड्किएर मृत्यु भएको हो वा कसैले प्रहार गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।
एसपी सुवेदीले भने, ‘घटना कसरी भयो भन्ने अहिले नै यकिन भइसकेको छैन । फरेन्सिक जाँच र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्यतथ्य खुल्नेछ ।’ प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ र घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।
Facebook Comments