घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते ११:२१
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मूल्य चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मूल्य चार हजार ५९० रूपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments